ओली पछि नहट्ने
काठमाडौं । एमाले संसदीय दलको बैठकमा अन्ततः नेपाल–खनाल पक्षका सांसद सहभागी भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा हुने बैठकमा नजाने अडान राख्दै आएकामा शुक्रबार नेपाल र भीम रावलबाहेकले उपस्थिति जनाएका हुन्। उनीहरूले पार्टीलाई पूर्ववत् अवस्थामा लगेर एकता कायम राख्नुपर्ने सुझाव दिएका थिए।
तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि निर्णयबाट पछाडि नहट्ने अडान लिएका छन्। ‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौं’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘व्यक्तिगत रूपमा आलोचना र गुुनासा सुन्न तयार छौं। त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस्। तर, गुटगत हिसाबले छलफल र कुराकानी हुँदैन।’
दलका नेतासमेत रहेका ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान सुनाए। ‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्मत् भएका छन्’, ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन।’
ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने प्रस्ट पारेका छन्। आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नरहेको दाबी गरेको भट्टराईले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण