शनिबारको प्रदर्शनमा म्यानमारमा सुरक्षाबलले १६ प्रदर्शनकारीलाई गोली हाने
शनिबार म्यानमारको सेनाले १६ प्रदर्शनकारीलाई गोली हानेको समाचार एजेन्सी रोयटर्सले केही प्रत्यक्षदर्शी र स्थानीय मिडियामा प्रकाशित रिपोर्टलाई आधार बनाएर लेखेको छ ।
म्यानमारमा १ फेब्रुअरीमा भएको सैन्य कूपछि स्थानीयले भिन्न–भिन्न शहरमा प्रदर्शन गरिरहेका छन् ।
अपदस्थ सांसदद्वारा बनाइएका सीआरपीएच नामक समूहका प्रवक्ता डाक्टर सासाले एक अनलाइन पोर्टलसँगको कुराकानीमा भने, ‘आज म्यानमारको सशस्त्र बलका लागि एउटा लज्जाको दिन हो । सैन्य शासकले ३०० भन्दा बढी निर्दोष नागरिक मारेपछि सशस्त्र सेना दिवस मनाइरहेको छ ।’
शनिबार यंगून शहरमा एक प्रहरी स्टेशन बाहिर प्रदर्शन गरिरहेकालाई सुरक्षा बलले गोलीबारी गर्दा चारजनाको मृत्यु भएको छ । यो घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।
एक अन्य शहरमा प्रहरीले तीनजनालाई गोली हाने जसमा एक युवक पनि थिए जो स्थानीय अन्डर–२१ फुटबल टीमका लागि खेल्दथे ।
यसबाहेक म्यानमारका लाशियो, बागो र होपिनमा पनि यस्तै प्रकारका घटना भए । यसमा कम्तीमा १६ प्रदर्शनकारी शनिबार मारिए ।
शनिबार नै म्यानमारका सैन्य प्रमुखले एक टिभी प्रसारणमा भने, ‘हामी जनतासँग हात मिलाउन चाहन्छौं ता कि देशमा लोकतन्त्रको सुरक्षा गर्न सकियोस् । देशमा भइरहेको हिंस्रक घटनाले जसलाई म्यानमारको स्थिरता र मानिसहरुको सुरक्षालाई प्रभावित गरिरहेको छ, त्यसमार्फत् अनावश्यक माग राखिएका छन् ।’
एक मुख्य सामाजिक संगठनका अनुसार म्यानमारमा सेनाविरुद्ध प्रदर्शनको क्रममा हालसम्म ३२८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण