बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

म सदैव पार्टी एकताको पक्षमा छु : झलनाथ खनाल

शनिबार, १४ चैत २०७७, २२ : २६
शनिबार, १४ चैत २०७७

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफू सदैव पार्टी एकताको पक्षमा रहेको बताएका छन् । झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले एकताको पक्षमा आफूहरु निरन्तर प्रयासरत रहेको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।

भेलामा सहभागि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले वैधानिकतामा टेकेर वैधानिक बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरे । उनले आफूहरु अदालतले गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र आगामी दिनमा पनि पार्टीको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर निरन्तर अघि बढिरहने धारणा राखे । वरिष्ठ नेता नेपालले भने, ‘पार्टीलाई एक बनाउने हो भने अध्यक्ष ओलीले विशेष पहल कदमीको थालनी छिट्टै शुरु गर्नुपर्छ ।’  

हिजोदेखि शुरु भएको भेला आज सकिएको छ । भेलामा करिव ८५ जना केन्द्रीय सदस्यको सहभागिता रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप