म सदैव पार्टी एकताको पक्षमा छु : झलनाथ खनाल
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफू सदैव पार्टी एकताको पक्षमा रहेको बताएका छन् । झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले एकताको पक्षमा आफूहरु निरन्तर प्रयासरत रहेको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।
भेलामा सहभागि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले वैधानिकतामा टेकेर वैधानिक बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरे । उनले आफूहरु अदालतले गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र आगामी दिनमा पनि पार्टीको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर निरन्तर अघि बढिरहने धारणा राखे । वरिष्ठ नेता नेपालले भने, ‘पार्टीलाई एक बनाउने हो भने अध्यक्ष ओलीले विशेष पहल कदमीको थालनी छिट्टै शुरु गर्नुपर्छ ।’
हिजोदेखि शुरु भएको भेला आज सकिएको छ । भेलामा करिव ८५ जना केन्द्रीय सदस्यको सहभागिता रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण