प्रधानमन्त्रीको परिकल्पनाले मुलुक अघि बढेको छ: मुख्यमन्त्री पोखरेल
परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई आज बर्दघाटमा सम्बोधन गर्दै उनले तराईको विकासमा वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताए ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले तराईका २२ वटै जिल्लाका सदरमुकाम आधुनिकीकरण, हुलाकी सडक निर्माणको तीव्रता, सिँचाइ परियोजनालगायत ठूलाठूला आयोजनाको सोच र कार्यान्वयनले तराई मधेससहित मुलुक निर्माणको दिशातर्फ अघि बढेको उल्लेख गरे ।
उनले प्रधानमन्त्री ओलीले सङ्घीयता सुदृढ, ठूला आयोजनाको तीव्रतर कार्यान्वयन र विकास निर्माणको तीव्रतामा खेलेको भूमिकाका कारण वर्तमान सरकार लोकप्रिय बन्दै गएपछि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन डराइरहेको जिकिर गरे। माओवादी केन्द्रले समर्थन फिर्ता लिए जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने उनको दाबी थियो ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रधानमन्त्री ओली र एमालेको नेतृत्वमा मुलुक समृद्धिको दिशातर्फ अघि बढिरहेको बताए । उनले प्रदेश सरकारले गाउँगाउँको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै सरकारको कामले पार्टी बलियो बन्दै गएको उल्लेख गरे। पार्टीका लुम्बिनी प्रदेश सङ्गठन विभाग प्रमुख भूमिश्वर ढकालले पार्टी निर्माण अभियानलाई सुदृढ बनाउन आग्रह गरे ।
उक्त अवसरमा नेकपा (एमाले) ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गठन गरेको ७०१ सदस्यीय जिल्ला आयोजक कमिटीका सदस्यलाई सपथ ग्रहण गराउनुका साथै टोल तहसम्म पार्टी निर्माणको अभियानलाई तीव्रता दिने निर्णय गरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण