शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कहिल्यै कलेज गएनन राण दग्गूबातीः आमिर, करिश्मा र श्रीदेवीसमेत यी हुन् बलिउडका सबैभन्दा कम पढेका सेलिब्रिटी

बुधबार, १८ चैत २०७७, १५ : ४९
बुधबार, १८ चैत २०७७

बाहुबली फिल्ममा भल्लादेवको दमदार भूमिका निभाउने राण दग्गूबातीले आफ्नो पढाई पूरा गर्न सकेनन् । यो कुराको खुलासा राणा आफैंले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा गरेका हुन् । राणा अघि पनि यस्ता थुप्रै सेलिब्रिटी छन् जसले फिल्ममा त डाक्टर, इन्जिनियर, वैज्ञानिकको भूमिकामा देखिए तर वास्तविक जीवनमा पनि उनीहरुको पढाई पूरा हुन सकेन । आउनुहोस्, बलिउडका सबैभन्दा कम पढे लेखेका सेलिब्रिटीः

श्रीदेवीः

दिवंगत अभिनेत्री श्रीदेवीले ७ वर्षको उमेरमा बाल कलाकारको रुपमा अभिनय करियरको सुरुवात गरेका थिए । उनले अभिनयमा जति जति सफलता पाइन् त्यति नै उनी स्कूलबाट टाढा हुँदै गइन् । पछि श्रीदेवीले स्कूलिङ पूरा हुनु अघि नै फिल्ममा मुख्य भूमिका पाउन थालिन् । त्यसैले उनको पढाई पूर्ण रुपमा छुट्यो । पढार्ईमा डिग्री नहुँदा पनि श्रीदेवी इन्डष्ट्रिकी सबैभन्दा उत्कृष्ट र सफल नायिकामध्ये एक रहिन् ।

अक्षय कुमारः

बलिउडका खेलाडी कुमार अक्षय कुमार कहिले आर्मी अफिसर बने त कहिले नेवी अफिसर बनेको देखिए तर वास्तविक जीवनमा उनले १० कक्षासम्मको शिक्षा हासिल गरेका छन् । अक्षय आफ्नो पढाईलाई निरन्तरता दिनका लागि मुम्बईको खालसा कलेजमा भर्ना पनि भएका थिए तर मार्शल आर्टस्को तालिम लिनका लागि अक्षय हङ्गकङ गएका थिए । तालिम पूरा गरेर फिर्ता भएपछि नायकले सुरुमा मार्शल आर्टस्को तालिम दिए र पछि शेफको काम पनि गरेका थिए । आज अक्षय बलिउडको सर्वाधिक कमाई गर्ने नायक हुन् ।

काजोलः

बलिउडकी सर्वाधिक चर्चित नायिका काजोलले आफ्नी स्कूलको शिक्षा पूरा गर्न सकिनन् । उनको सुरुवाती पढाई पंचगनीको सेन्ट जोसेफ कन्वेन्ट स्कूलमा भएको थियो । स्कूलको दिनमा नै काजोललाई फिल्म बेखुदी अफर भएको थियो । त्यतिबेला काजोल १६ वर्षकी मात्रै थिइन् । नायिकाले फिल्मका लागि हुन्छ भनिदिइन् । उनले फिल्म पूरा गरेपछि पढाई जारी राख्ने योजना बनाएकी थिइन् तर यो सम्भव हुन सकेन । बेखुदीपछि काजोललाई थुप्रै फिल्म अफर हुन थाल्यो जसका कारण उनी फिल्ममा नै व्यस्त भइन् ।

करिश्मा कपुरः

९० को दशककी सबैभन्दा चर्चित नायिकामध्ये एक करिश्मा कपुरले क्याथेड्रल एन्ड जन क्यानन स्कूलमा पढेकी हुन् । सन् १९८८ मा आमा–बुवा अलग्गिएपछि करिश्माले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्ने हेतूले बलिउडमा एन्ट्री गरेकी थिइन् । करिश्मालाई सन् १९९१ मा रिलिज भएको फिल्म प्रेम कैदीमा ठूलो ब्रेक पाइन् । त्यसपछि उनले एकपछि एक हिट फिल्ममा काम गरिन् । विद्यालयको शिक्षा पूरा गरेपछि करिश्मा सोफिया कलेजमा भर्ना त भइन् तर उनले आफ्नो करियरका कारण पढाई छोड्नु पर्यो ।

कट्रिना कैफः

कट्रिना कैफ निकै सानी हुँदा नै आमा–बुवाको सम्बन्धविच्छेद भइसकेको थियो । उनकी आमा एक्लैले उनका साता भाइ–बहिनी हुर्काइन् । कट्रिनाले हङ्गकङ, चीन, जापान, फ्रान्स, बेल्जियम, लण्डनजस्ता थुप्रै स्थानमा जीवन बिताइन् । बारम्बार शहर र देश परिवर्तन गरेका कारण नायिकाले स्कूलको शिक्षा प्राप्त गर्न सकिनन् । उनकी आमाले घरमा नै ट्युटर्सको मद्दतले उनका सबै भाइ बहिनीको पढाई पूरा गराएकी थिइन् । परिवारलाई आर्थिक रुपमा सहयोग गर्नका लागि कट्रिनाले कम उमेरमा नै मोडलिङको सुरुवात गरेकी थिइन् । तत्पश्चात् उनले बलिउडमा काम गर्ने मौका पाएकी थिइन् ।

कंगना रनौटः

हिमाचल प्रदेशसँ सम्बन्ध राख्ने कंगना रनौटलाई पहिलादेखि नै पढाईमा कम रुची थियो । कंगना सधैं मोडलिङमा आफ्नो करियर बनाउन चाहन्थिन् तर यसमा उनले परिवारको साथ पाउन सकिनन् । जब १२ कक्षामा कंगना केमिस्ट्रीमा फेल भइन् तब उनले पढाई छोड्ने मन बनाइन् । बीचमा नै छोडेपछि कंगना घरबाट भागेर मोडलिङ गर्न दिल्ली पुगेकी थिइन् ।

आमिर खानः

थ्री इडियट्समा इन्जिनियर र तारे जमिन पर फिल्ममा शिक्षकको भूमिका निभाइसकेका आमिर खानले आफ्नो कलेजको पढाई बीचमा नै छोडेका थिए । नायकले नरसी मोन्जी कलेजबाट १२ कक्षासम्मको औपचारिक शिक्षा हासिल गरे । उनका अभिभावक छोरा इन्जिनियर बनोस् तर आमिरले परिवारविरुद्ध गएर थिएटर ग्रुप जोइन गरे । नायकको यो कदम उनलाई र बलिउड इन्डट्रिका लागि निकै फाइदाजनक साबित भयो । आज आमिरलाई इन्डष्ट्रिमा मिस्टर परफेक्सनिस्ट भनिन्छ ।

अर्जुन कपूरः

इशकजादे बाट बलिउडमा प्रवेश गरेका अर्जुन कपुरलाई पनि पढाईमा कहिल्यै रुची लागेन । अर्जुन १२ कक्षाको परीक्षामा फेल भएका थिए त्यसपछि उनले पढाईलाई पूर्ण रुपमा अलविदा भनेका थिए । पढाई छोडेपछि अर्जुनले सह निर्देशक र सह निर्माताको रुपमा काम गर्न सुरु गरे । नायकले सलाम–ए–इश्क र कल हो ना हो जस्ता फिल्ममा असिस्टेन्टको रुपमा काम गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप