विवेकशील साझा पार्टीमा दुई युवा संगठन समायोजन
काठमाडौं । विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायोजन गरेको छ। पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो ।
समायोजित संगठनमा दुवै पक्षबाट समानताका आधारमा ६ जना पदाधिकारी, केन्द्रीय सचिवालयमा २८ जना र केन्द्रीय समितिमा ६६ जना सदस्य रहनेछन्। प्रदेश र जिल्ला समितिहरु पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने घोषणापत्रमा उल्लेख छ। २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।
समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा विवेकशील साझा युवा संगठन उभिने बताए ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुई युवा संगठन समायोजनबाट देश विदेशमा रहेका आम युवाहरुलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण