राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए
काठमाडौं । तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाएका छन् । प्रति १ सय किलो सामान किन्दा १० किलो ठगेको भेटेपछि उपभोक्ताले हार्डवेयर सञ्चालक कमल शर्मालाई प्रहरीको जिम्मा लगाएका हुन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर परीक्षण गर्ने सरकारी प्रतिनिधि पनि महानगरीय प्रहरी वृत बालाजुमा पुगेका छन् ।
‘ग्रीलजन्य फलाम र स्टिल पाइपमा हार्डवेयरले ठगी गरेको उपभोक्ताको आरोप छ । कम तौलको सामान दिएर धेरै बिल काट्ने गरेको भेटिएको छ’ ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्यालले भने– ‘सरकारी निकायले अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्छ ।’
महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले उपभोक्ताले हार्डवेयर सञ्चालकलाई प्रहरी कार्यालयमा बुझाएको बताएका छन् । शुक्रवार ग्रीलजन्य सामान खरिद गरेपछि उपभोक्ताले पुनः तौल लिएका थिए । तौल कम भएपछि उनीहरुले बाणिज्य विभाग र गुणस्तर कार्यालयमा खबर गरेका थिए । काँटामा बस्ने कर्मचारीले सहि तौल पठाएको तर, बिल काट्नेले ओजन बढाएर बिल काटेको उपभोक्ताको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा भन्दा धनी प्रधानमन्त्री छन् यस देशमा
-
असोज पहिलो साता १० औँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने, पहिलो पटक किनमेल बजार
-
शराबीको ४० वर्ष : जब अमिताभको चोट स्टाइल बन्यो
-
महाधिवेशनबाट यस्तो बन्दै छ जसपा नेपालको कार्यसमिति
-
टीओआरमा सहमति नहुँदासम्म संसद् नचलाउन सभामुखलाई प्रतिपक्षको आग्रह
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै