राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए
काठमाडौं । तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाएका छन् । प्रति १ सय किलो सामान किन्दा १० किलो ठगेको भेटेपछि उपभोक्ताले हार्डवेयर सञ्चालक कमल शर्मालाई प्रहरीको जिम्मा लगाएका हुन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर परीक्षण गर्ने सरकारी प्रतिनिधि पनि महानगरीय प्रहरी वृत बालाजुमा पुगेका छन् ।
‘ग्रीलजन्य फलाम र स्टिल पाइपमा हार्डवेयरले ठगी गरेको उपभोक्ताको आरोप छ । कम तौलको सामान दिएर धेरै बिल काट्ने गरेको भेटिएको छ’ ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्यालले भने– ‘सरकारी निकायले अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्छ ।’
महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले उपभोक्ताले हार्डवेयर सञ्चालकलाई प्रहरी कार्यालयमा बुझाएको बताएका छन् । शुक्रवार ग्रीलजन्य सामान खरिद गरेपछि उपभोक्ताले पुनः तौल लिएका थिए । तौल कम भएपछि उनीहरुले बाणिज्य विभाग र गुणस्तर कार्यालयमा खबर गरेका थिए । काँटामा बस्ने कर्मचारीले सहि तौल पठाएको तर, बिल काट्नेले ओजन बढाएर बिल काटेको उपभोक्ताको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण