मन्त्री आलेद्वारा दुःख व्यक्त
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बाघको आक्रमणबाट मृत्यु भएका कर्मचारीप्रति गहिरो दुःख व्यक्त । उनले आज एक विज्ञप्ति प्रकाशित गरी मृतात्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेका छन् ।
मृतकका घरपरिवारलाई मन्त्रालयका तर्फबाट न्यायोचित क्षतिपूर्तिको समेत व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री आलेले गैँडा गणनालगायत निकुञ्जको सुरक्षामा खटिने कर्मचारी, गणकहरूले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै कामका खटिनसमेत आग्रह गरेका छन् । आज गैँडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारूको बाघले आक्रमणबाट मृत्यु भएको थियो । चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भइसकेको छ ।
यसैगरी, गैँडा गणनाकै क्रममा यही चैत २० गते नवलपरासी (सुस्ता पूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँचजना घाइते भएका थिए । घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको र उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण