नासाले शेयर गर्यो मंगल मिशनको डाटा
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भारत, चीन, युएई तथा युरोपेली अन्तरिक्ष एजेन्सीसँग आफ्नो मंगल ग्रह अभियानको डाटा सेयर गरेको छ । मंगल मिशनमा रहेका यी देशहरुका अन्तरिक्ष यानहरु एक आपसमा नठोक्किउन भन्ने उद्देश्यसहित यो डाटा सेयर गरिएको हो ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार भारत, चीन, युएई तथा युरोपेली अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यानले यस रातो ग्रहको चक्कर लगाइरहेका छन् । यसकारण यी देशका यानबीच ठोक्करको खतरा कम गर्नका लागि डाटा आदान प्रदान गरिएको हो ।
नासाले पनि आफ्नो एक बयानमा सुरक्षा सुनिश्चित गर्नका लागि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो), युएई, युरोपेली अन्तरिक्ष एजेन्सी तथा चाइना नेशनल स्पेश एडमिनिष्ट्रेशनका साथ समन्वय गरिरहेको जनाएको छ किनकि यी सबै देशको यान मंगल ग्रहको कक्षमा चक्कर लगाइरहेका छन् ।
भारतको मंगलयान सन् २०१४ देखि मंगलको कक्षमा परिक्रमा गरिरहेको छ । नासाको हालै मंगलमा अवतरण गरेको यान ल्याण्डरले पनि आफ्नो अनुसन्धान कार्य जारी राखेको छ ।
त्यस्तै चीनको यान तियानवेन–१ ले पनि मंगल ग्रहको परिक्रमा गरिरहेको छ । जसलाई मे तथा जुन महिनामा मंगलको सतहमा अवतरण गराउने तयारी भइरहेको छ ।
युएइको मंगल यान होप पनि मंगलको कक्षमा परिक्रमामा छ । तर यो यान भने मंगलको सतहमा उत्रने छैन । युरोपेली अन्तरिक्ष एजेन्सीका दुई यानले पनि मंगलको कक्षमा परिक्रमा गरिरहेका छन् ।
अखबारका अनुसार नासाले चीनसँग डाटा शेयर गर्नका लागि अमेरिकी काँग्रेससँग अनुमति मागेको थियो । तथा चाइना नेशनल स्पेश एडमिनिष्ट्रेशनसँग समेत कुरा गरेको पुष्टि नासाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण