लक्ष्मी बाहिरिएपछि ‘घिन्ताङ’मा भित्रिइन् केकी
काठमाडौँ । पुराना निर्देशक दीपक श्रेष्ठको कमब्याक फिल्म ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी भित्रिएकी छन् । यस अगाडि फाइनल भएकी अभिनेत्री लक्ष्मी बर्देवा फिल्मबाट बाहिरिएपछि निर्देशक श्रेष्ठले अभिनेत्रीको रुपमा केकी भित्र्याएका हुन् ।
निर्देशक श्रेष्ठले फिल्मका लागि लक्ष्मीको ठाउँमा केकी फाइनल भएको बताए । ‘फिल्म छायाँकनका लागि हामी फ्लोरमा जाने तयारीमा थियौ । त्यही समय मलाई कोरोना भयो’ निर्देशक श्रेष्ठले भने– ‘सुटिङका लागि समयमै निस्कन नसकेकोले लक्ष्मीको सेडुल जुध्यो ।’ सेडुल जुधेको कारण लक्ष्मी सहमतिमा फिल्मबाट बाहिरिएको निर्देशक श्रेष्ठले सुनाए । भने, ‘लक्ष्मी बाहिरिएपछि फिल्म लागि केकीसँग एग्रिमेन्ट गरेका छौ ।’
अभिनेत्री लक्ष्मीले पनि सुटिङ जुधेका कारण फिल्मबाट हात झिकेको बताइन् । ‘घिन्ताङ’ बाट बाहिरिने लक्ष्मी दोस्रो अभिनेत्री हुन् । यसअघि एलिजा गौतम पनि फिल्मबाट बाहिरिएकी थिइन् । एलिजाले छाडेपछि दीपकले लक्ष्मीसँग फिल्म अभिनयका लागि एग्रिमेन्ट गरेका थिए ।
केही अगाडि पूजाआजा गर्दै शुभ साइत गरिएको फिल्म बैशाख ७ गतेबाट सुरु हुँदैछ । फिल्ममा गौरव पहारी र केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण