आगामी बजेट विद्यार्थीमुखी बनाउन अनेरास्ववियुका १३ सुझाव
बुधबार, २५ चैत २०७७, १६ : ४१
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बजेट जनमुखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेको छ । अध्यक्ष ऐन महरसहितका नेताहरूले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेका छन् ।
आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुले शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान हरेक बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिका ऋण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेभरकुजनले बनायो अपराजित खेलको अर्धशतक
-
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
-
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
-
नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशनसम्बन्धी सम्मेलन आयोजना
-
कमरेडहरू ! पुँजीवादलाई गाली गरेर आउँदैन साम्यवाद
-
परराष्ट्र मन्त्रालयको सहयोगमा सरोजले कश्मीरबाट उद्धार गरे ३५ जना नेपाली