राष्ट्रिय जनमोर्चाले नयाँ नेतृत्व चयन गर्दै
बुटवल । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बिहिबार सम्पन्न हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न भएको जनमोर्चाले जनाएको छ । विगत तीन दिनदेखि बन्दसत्र चलिरहेको छ । हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्थाअनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हो । सम्मेलनबाट राजनीतिक सांगठनिक प्रतिवेदनसमेत सर्वसम्मतले पास भएको छ भन्ने आर्थिक प्रतिबेदन पास हुन बाँकी रहेको राष्ट्रिय जनमोर्चाको सचिवालयले जनाएको छ ।
बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरूको मस्यौंदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियो । सदस्यहरुमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहेका छन् ।

त्यस्तै महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको हो । सदस्यहरूमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरु कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहेका छन् ।
‘भ्रष्टाचार व्यापक रुपले मौलाएको छ । माफियाहरूको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटनाहरु बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षेप बढ्दो छ’ राष्ट्रिय जनमोर्चाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण