बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघ्यो
नरेन्द्र बस्नेत
लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको छ भने संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि निरन्तर घट्दै गएको छ । महामारी शुरु भएयता बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
बितेको २४ घन्टामा थप ६० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख २७ हजार ४० पुगेको हो । पछिल्लो एक सातामा मृतक संख्यामा २५.८ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ ।
यसैगरी बेलायतमा बितेको २४ घन्टामा थप तीन हजार एक सय ५० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितको बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ६५ हजार ४६१ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजारको हाराहारीमा रहँदै आएको छ । संक्रमित संख्यामा पनि गतसाताको तुलनामा ३२२ प्रतिशतले ह्रास आएको हो ।
बेलायतमा तीनवटा कम्पनीको खोप वितरण
बेलायतमा कोरोना विरुद्धको तिन छुट्टाछुट्टै कम्पनीको खोप वितरण गरिएको छ । यसअघि फाइजर बायोटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी कम्पनीद्धारा उत्पादित ‘मोडर्ना’ खोपको पनि वितरण शुरु गरिएको छ ।
फाइजर र एस्ट्राजेनेकाले जस्तै मोडर्ना खोप पनि हरेक मानिसलाई दुई डोज दिनुपर्नेछ भने यस खोपको प्रभावकारिता ९४ प्रतिशतभन्दा बढी रहने बताइएको छ । कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता बेलायतमा तीन करोड ८४ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।
स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्याँकअनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ८४ लाख ४४ हजार ५४० डोज खोप वितरण भइसकेको छ । तीन करोड १९ लाख ३ हजार ३६६ जनाले खोपको पहिलो डोज लिएका छन् भने ६५ लाख ४१ हजार १७४ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण