आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उत्तरप्रदेशमा ३० अप्रिलसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय

आइतबार, २९ चैत २०७७, २३ : ३१
आइतबार, २९ चैत २०७७

एजेन्सी । भारतको उत्तरप्रदेश सरकारले कोरोना संक्रमणदर बढेपछि ३० अप्रिलसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । उत्तर प्रदेश सरकारले आइतबार सो निर्णय गरेको हो । सरकारले जहाँ एक सयभन्दा बढी संक्रमित भेटिएका छन्, ती जिल्लाहरुमा रात्री कर्फ्यु लगाउने निर्णय गरेको छ । सरकारको सो आदेशपछि अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन नपाइने भएको छ ।

बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने जनाइएको छ । आइतबार उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना महामारी सुरु भएयता सो प्रदेशमा ९ हजार १ सय ५२ जनाको मृत्यु भैसकेको छ भने संक्रमितहरुको संख्या ६ लाख ९२ हजार १५ पुगेको छ ।

यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रि कर्फ्यु लगाइएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका छन्, ‘जुन जिल्लामा दैनिक सय संक्रमित र ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ती जिल्लाहरुमा साँझ ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप