उत्तरप्रदेशमा ३० अप्रिलसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय
एजेन्सी । भारतको उत्तरप्रदेश सरकारले कोरोना संक्रमणदर बढेपछि ३० अप्रिलसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । उत्तर प्रदेश सरकारले आइतबार सो निर्णय गरेको हो । सरकारले जहाँ एक सयभन्दा बढी संक्रमित भेटिएका छन्, ती जिल्लाहरुमा रात्री कर्फ्यु लगाउने निर्णय गरेको छ । सरकारको सो आदेशपछि अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन नपाइने भएको छ ।
बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने जनाइएको छ । आइतबार उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना महामारी सुरु भएयता सो प्रदेशमा ९ हजार १ सय ५२ जनाको मृत्यु भैसकेको छ भने संक्रमितहरुको संख्या ६ लाख ९२ हजार १५ पुगेको छ ।
यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रि कर्फ्यु लगाइएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका छन्, ‘जुन जिल्लामा दैनिक सय संक्रमित र ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ती जिल्लाहरुमा साँझ ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण