सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सांसदले उठाए प्रधानमन्त्रीको ढाँटको प्रसंगदेखि सामाजिक सुरक्षा भत्तासम्मको सवाल

सोमबार, ३० चैत २०७७, १४ : ५६
सोमबार, ३० चैत २०७७

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राज्यका हरेक निकाय सेटिङको आधारमा चलेको गम्भीर सवाल उठेको छ । राजनीतिक विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले ‘सेटिङ’ को आधारमा फैसला गरेको आवाज उठाइएको छ । प्रतिनिधिसभा बैठकको सोमबारको शुन्य समयमा बोल्दै सांसद अञ्जना विशंखेले लोक कल्याणकारी र जनपक्षीय बनाउन राज्यका हरेक निकायलाई संस्थागत रुपमा राज्य चल्न दिनुपर्ने बताइन् । ‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले गल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ’, उनले भनिन्, ‘तर बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ । चाहे निर्वाचन आयोग होस् चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला होस् ।’

संसदीय समितिले गर्ने निर्णयहरु समेत सेटिङका आधारमा हुने गरेको भन्दै उनले आक्रोश पोखिन् । सांसद उमा रेग्मीले प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई ५ हजारको लोभ देखाएको आरोप लगाइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई ढाँटेको आरोप समेत लगाइन् ।  उनले घरी रेल ल्याइदिने त कहिले रोजगारी दिने भन्दै प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँट्ने गरेको भन्दै जेष्ठ नागरिकलाई पनि त्यसै गरिरहेको आरोप लगाइन् । 

ओलीले  जेष्ठ नागरिकलाई भत्ता बढाउने भन्दै आएपनि ५ हजार पुर्याएको भन्दै अहिलेको बजेटबाट पनि नदिएर ढाँट्न सक्ने भन्दै उनीहरुलाई दिएको आश्वासन पुरा गर्न सोमबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा आग्रह गरिन् ।  यस्तै सांसद अनिलकुमार झाले अपांग, जेष्ठ नागरिक, दलित लगायतले पाउने सामाजिक सुरक्षा भत्ताको नवीकरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।  

अर्का सांसद गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ भन्ने व्यङ्ग्य गरे । उनले चमत्कारी सरकारले जनताको पक्षमा केही नसोचेको र काम नगरेको आरोप लगाए ।  ‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौ नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर जो नेपाल फर्किएका छन् । फर्किएर आएका पनि जान पाएका छैनन्’, उनले भने, ‘यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ ।’

दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार ५०० र प्रतिबद्ध करिब २ हजार कामदार महिनौंदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेको तर सरकारले उनीहरुलाई पठाउन कुनै पहल नगरेको आरोप लगाए । ‘यिनीहरूको बारेमा सरकारले लगातार बेवास्ता गरेको छ । फिलिपिन्सको, माल्दिभ्सको, श्रीलंकाको सरकारले गरेको जस्तो पहलकदमी लिएको भए सायद यिनीहरुले कोरिया जान पाइसकेका हुन्थे होला । भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका, घर बिदामा आएर फर्किएका र जान नपाएका यी कामदारहरुलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताको सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउनका निम्ति म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’ 

कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार, र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौ नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ वैदेशिक रोजगारीमा पनि लाखौंले रोजगारी गुमाएका जो नेपाल फर्किएका छन् । फर्किएर जान पाएका छैनन् । यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ । दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार ५०० र प्रतिबद्ध कामदार करिब २ हजार महिनौंदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेका छन् । यिनीहरूको बारेमा सरकारले लगातार बेवास्ता गरेको छ । फिलिपिन्सको, माल्दिभ्सको, श्रीलंकाको सरकारले गरेको जस्तो पहलकदमी लिएको भए सायद यिनीहरुले कोरिया जान पाइसकेका हुन्थे होला । भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका, घर बिदामा आएर फर्किएका र जान नपाएका यी कामदारहरुलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताको सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउनका निम्ति म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु । त्यस्तै बैठकमा सांसद छकबहादुर लामाले हुम्ला सडक सञ्जालले नजोडिएको जिल्ला भएको बताउँदै हवाइबाट हुने खाद्य ढुवानीको कोटा बढाउन आग्रह गरे । 

उता, अर्का सांसद चाँदतारा कुमारीले काम गर्ने वातावरण नभएको बताएकी छन् ।  उनले फेरि प्रतिनिधिसभा विघटन हुन्छ कि भन्ने भयले आफूहरु हतोत्साहित भएको बताइन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्ने क्रममा उनले भनिन्, ‘सांसदलाई काम गर्ने वातावरण छैन । संसद कहिले विघटन हुन्छ कि भन्ने कौतुहल भएकाले सबै हतोत्साहित भएका छन् ।’ 

उनले संसदीय समितिका कामकारबाही प्रभावकारी नभएको पनि बताइन् । संसदको विभिन्न समिति छन् । त्यसको व्यवहारमा महत्व देखिएको छैन । प्रतिवेदन बुझाउने र सिफारिस गरेपनि कुनै सुनुवाइ नभएको भन्दै प्रश्न गरिन् । 
सांसद घनश्याम खतिवडाले संसदमा असंसदीय खेल भएको भन्दै आक्रोश पोखे । 

बैठकमा सांसद गंगा चौधरीले कुविचार र रंगभेद फेर्न जरुरी रहेको बताइन् । सरकार विकास र समृद्धिमा क्रियाशील रहेको दाबी गर्दै उनले सरकार परिवर्तनको खेलमा लाग्नुभन्दा राष्ट्र निर्माणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् । 
सांसद गजेन्द्रबहादुर महतले मेलम्ची देखाएर पे«टोल र डिजेलको भाउ बढेको व्यंग्य गर्दै धरहरालाई देखाएर डण्डी र सिमेन्टको भाउ बढेको बताए । उनले भने, ‘विकासको र समृद्धि देखाएर नुन, तेल, चामल, जनताको ढाड सेकिएको छ । पार्टीभित्र झगडा देखाएर संसदको ढाडै भाँडिएको छ । सांसद महतले राष्ट्रवादको नारा लगाएर चुच्चे नक्सा समेत गायब पारि सकिएको आरोप लगाए ।

सांसद खगराज अधिकारीले एमसीसीलाई संसदको विषय बनाउन माग गरे । उनले भने, ‘२–४ वर्ष भइसक्यो एमसीसी थान्को लागेको, कति वर्षसम्म लड्काउने हो ?’  अर्का सांसद खेमप्रसाद लोहनीले सरकारका निर्णयको बचाउ गर्दै ३९६ वटा आधारभूत अस्पताल उद्घाटन गरेको दाबी गरे । उनले सरकारले विकास निर्माणका काममा राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरे । 

सांसद कृष्णबहादुर राईले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको परियोजनालाई सम्पन्न गर्नतिर सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाए । अर्का सांसद इन्दुकुमारी शर्माले बालुवाटारबाटै विकासको मुल फुटेर आफूलाई कविता बाचन गर्न मन लाग्यो भन्ने शीर्षकमा कविता बाचन गरेकी थिइन् ।

अर्का सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्ता अपांग, जेष्ठ नागरिक, दलित लगायतले पाए पनि त्यो सहज ढंगले नपाएको भन्दै दुःखेसो पोखे । उनले रोजगारीको खोजीमा गएका हुन् वा विभिन्न कामले बाहिर भएकाहरुलाई नवीकरणको व्यवस्था सहज बनाउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप