घाटमा ठाउँ छैनः भारतको राँचीमा शवलाई बाटोमै जलाइँदै

भारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृत्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा शवको संख्यामा अत्यधिक वृद्धि भएको छ । आइतबार सर्वाधिक ६० शवको अन्तिम संस्कार भएको छ । यीमध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्कार सामूहिक चिता सजाएर गरियो । यसबाहेक ३५ शवलाई पाँचवटा समाधि स्थलमा जलाइयो र १३ शवलाई रातू रोडको कांटाटोली समाधि स्थलमा गाडियो । सबैभन्दा धेरै शवको दाह संस्कार हरमू मुक्ति धाममा भयो ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार मृतकको संख्यामा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव जलाउनका लागि ठाउँ कम भएको छ । मानिसहरुले घण्टौं प्रतीक्षा गरे तरपनि स्थान पाउन सकेनन् । त्यसैले खुल्ला रुपमा नै चिता सजाएर शव जलाउन थाले । समाधि स्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङस्थलमा नै शव राखेर अन्तिम संस्कार गर्न थालियो ।
मृतकको परिवारको पीडा यस्तो कि शव जलाउनका लागि गुहार्नुपर्‍योः
शव जलाउनका लागि अब मानिसहरुको निगम–प्रशासनसँग गुहार माग्नु परिरहेको छ । मोक्षधाममा विद्युतीय शवदाहको मेसिन खराब हुँदा मारवाडी सहायक समितिका पदाधिकारीलाई फोनमा अन्तिम संस्कारको व्यवस्था चाँडै गराउन आफन्तहरुले याचना गरे ।
यस्तो स्थिति कहिल्यै देखेको थिइनँः
हरमू मुक्तिधाममा वर्षौंदेखि शव जलाउने राजू रामले भने, ‘यस्तो दृश्य कहिल्यै देखेको थिइनँ । मानिसहरुले जहाँ गाडी पार्क गर्छन् त्यहाँ शवको लाइन लागेको छ । एम्बुलेन्सबाट शव निकालेर सडकमा नै राखिएको छ । अन्तिम संस्कार अघिका विधि–विधान पनि गरिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता