घाटमा ठाउँ छैनः भारतको राँचीमा शवलाई बाटोमै जलाइँदै
भारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृत्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा शवको संख्यामा अत्यधिक वृद्धि भएको छ । आइतबार सर्वाधिक ६० शवको अन्तिम संस्कार भएको छ । यीमध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्कार सामूहिक चिता सजाएर गरियो । यसबाहेक ३५ शवलाई पाँचवटा समाधि स्थलमा जलाइयो र १३ शवलाई रातू रोडको कांटाटोली समाधि स्थलमा गाडियो । सबैभन्दा धेरै शवको दाह संस्कार हरमू मुक्ति धाममा भयो ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार मृतकको संख्यामा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव जलाउनका लागि ठाउँ कम भएको छ । मानिसहरुले घण्टौं प्रतीक्षा गरे तरपनि स्थान पाउन सकेनन् । त्यसैले खुल्ला रुपमा नै चिता सजाएर शव जलाउन थाले । समाधि स्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङस्थलमा नै शव राखेर अन्तिम संस्कार गर्न थालियो ।
मृतकको परिवारको पीडा यस्तो कि शव जलाउनका लागि गुहार्नुपर्‍योः
शव जलाउनका लागि अब मानिसहरुको निगम–प्रशासनसँग गुहार माग्नु परिरहेको छ । मोक्षधाममा विद्युतीय शवदाहको मेसिन खराब हुँदा मारवाडी सहायक समितिका पदाधिकारीलाई फोनमा अन्तिम संस्कारको व्यवस्था चाँडै गराउन आफन्तहरुले याचना गरे ।
यस्तो स्थिति कहिल्यै देखेको थिइनँः
हरमू मुक्तिधाममा वर्षौंदेखि शव जलाउने राजू रामले भने, ‘यस्तो दृश्य कहिल्यै देखेको थिइनँ । मानिसहरुले जहाँ गाडी पार्क गर्छन् त्यहाँ शवको लाइन लागेको छ । एम्बुलेन्सबाट शव निकालेर सडकमा नै राखिएको छ । अन्तिम संस्कार अघिका विधि–विधान पनि गरिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण