जापानकी ९० वर्षीया यासुको बनिन् संसारकी सबैभन्दा उमेरदार अफिस म्यानेजर, गिनिज बुकमा लेखाइन् नाम
गिनिज बुक अफ वर्ल्ड रेकर्डले यासुको तमाकीलाई सबैभन्दा उमेरदार अफिस म्यानेजरको सर्टिफिकेट दिएको छ । उनको जन्म सन् १९३० मे १५ तारिखमा भएको थियो । उनी एक ट्रेडिङ कम्पनी सनको इन्डस्ट्रिजमा सन् १९५६ देखि काम गरिरहेकी छिन् । अफिसका अन्य कर्मचारी झैं उनी हप्तामा पाँच दिन काम गर्छिन् । उनी बिहान ७ बजेदेखि बेलुकी ५ बजेको शिफ्टमा काम गर्छिन् ।
यासुकोलाई ९० वर्षको उमेरमा पनि आफ्नो कामलाई कसरी व्यवस्थित बनाउनुहुन्छ भन्नेबारे प्रश्न सोध्दा उनी भन्छिन्, ‘म सधैं सोच्छु कि मेरो जन्म अरुलाई मद्दत गर्नका लागि भएको हो । त्यसैले म आफ्नो अफिसमा पनि अध्यक्ष, व्यवस्थापक र कर्मचारीलाई खुसी राख्ने प्रयास गर्छु । यो मेरो जीवनको सधैंको उद्देश्य हो ।’
यासुको तमाकी सनको इन्डष्ट्रिको स्थापनाको ८ वर्षपछि उक्त संस्थामा आबद्ध भएकी थिइन् । त्यतिबेलादेखि अहिलेसम्म उनी यो कार्यालयमा आफ्नो सेवा दिइरहेकी छिन् । उनले अफिसको अकाउन्ट हेर्छिन् । यासुको आफूसँग काम गर्नेहरुलाई आफ्नो समय बर्बाद नगर्न सुझाव दिइरहेको भेटिन्छिन् । उनी समयको सही उपयोग गर्नु सबैका लागि आवश्यक भएको र भोलि कहिले पनि नआउने बताउने गर्छिन् । आफ्नो कामका लागि संसारभरी नाम कमाउने यासुको अवकाशमा विश्वास गर्दिनन् । उनी भन्छिन्, ‘एउटा वर्ष गएपछि अर्को आउँछ । म हरेक वर्ष आफ्नो जीवनलाई यसै गरी काम गरेर बिताउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण