ओलीसँगको भेटपछि यस्तो भन्छन् महन्थ ठाकुर
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताएका छन्। नेपाली काँग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन्।
‘हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपा अध्यक्ष ठाकुरले भने, ‘यही विषयमा छलफल गर्न बिहीबार भेट भएको हो।’ कुन प्रक्रिया र कसरी माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी उनले दिए। आफू वर्तमान सरकारको विरोधमा नभएको प्रस्ट पार्दै भने उनले भने, ‘म यो सरकारको विरोधमा छैन।’
जसपा कार्यकारिणी समितिका सदस्य केशव झाले प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच पछिल्लो समय नियमितजसो भेटवार्ता भइरहेको बताए ।
जसपाका माग सम्बोधन गर्ने विषयमा छलफल गर्न भेट हुने गरेको उनको भनाइ छ। जसपाका मागमध्ये सरकारले मुद्दा खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। यसैगरी सांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने प्रक्रिया पनि सरकारले अघि बढाएको छ।
सरकार–जसपा कार्यदलको बैठक पनि बिहीबार अपराह्न बस्यो। कार्यदलमा विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराई, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। शुक्ल र कर्ण दुवैै ठाकुर निकट मानिन्छन्। प्रधानमन्त्रीले जसपाले उठाएका माग सम्बोधन गर्न संयुक्त कार्यदल बनाएका हुन्।
जसपाले मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, नागरिकता विधेयक पास गर्न, रेशम चौधरी रिहा हुने वातावरण बनाउन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा संविधान संशोधन गर्न माग राखेको छ।
जसपाका माग प्रति सरकार पूर्ण सकारात्मक रहेको एक नेताले बताए। मुद्दा खारेज गर्न जसपाले अघिल्लो साता २१० जना व्यक्तिको नाम गृहमन्त्रालयमा बुझाइसकेको छ। मन्त्रिपरिषद्ले मुद्दा फिर्तासम्बन्धी निर्देशिका पनि पास गरेको छ।
अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग नजिकिँदै गएपछि जसपाभित्र दुई लाइन देखिएको छ। एउटा लाइनको नेतृत्व ठाकुर र अर्को लाइनको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन्।
आजको नागरिक दैनिकमा यो समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण