सेनाले डीडीसीको उत्पादन प्रत्यक्ष किन्दा दूधको बजार विस्तार
नेपाली सेनाले दुग्ध विकास संस्थान (डीडीसी) को दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्न थालेपछि दूधको बजार विस्तार भएको छ । कोभिड–१९ का कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणमा आएको ह्रासपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले औपचारिक बजारको खोजीमा लागेको थियो ।
त्यसक्रममा गत फागुनको पहिलो साता मन्त्रालयले गृह, रक्षा तथा शिक्षा मन्त्रालयलगायत अन्य निकायसँग दूध तथा दुग्ध पदार्थ खरिद गर्न आग्रह गरेको अनुसार नेपाली सेनाले डीडीसीको दूध प्रत्यक्ष खरिद गर्न थालेको हो । कृषि मन्त्रालयले यी तीनवटै मन्त्रालयका पदाधिकारी तथा त्यस मातहतका निकायसँग छलफल गरी दूध तथा दुग्ध पदार्थ खरिदका लागि आग्रह गरेपछि नेपाली सेनाले डीडीसीबाट उत्पादित दूध तथा दुग्धजन्य पदार्थ खरिद सुरु गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा शिक्षा मन्त्रालयका अन्य निकाय पनि खरिद गर्न सकारात्मक भए पनि तिनीहरूको प्रक्रिया लामो भएकाले समय लागिरहेको छ कृषि मन्त्रालयका सहसचिव डा. विमल निर्मलले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाले भने तत्कालै खरिद गर्न सुरु गरेको थियो । डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाका अनुसार नेपाली सेनाले दैनिक १३ सय लिटर दूध, दुई सय लिटर दही, १५ केजी पनिर खरिद गर्दछ । अर्थात् नेपाली सेनासँग मासिक करिब ४५ लाखको कारोबार हुने गरेको प्रमुख झाले बताए ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण