हुर्कंदै बेवारिसे अवस्थामा भेटिएका पुष्पा र अञ्जलि
प्रकृति संरक्षण कोष सौराहाका कर्मचारी लालबहादुर मोहद्रालाई अहिले बेवारिसे अवस्थामा भेटिएका गैँडाका केटाकेटी हुर्काउन ध्याउन्न छ । नवलपरासीको तमासपुरमा भेटिएकी पुष्पा (गैँडाको बच्चा)लाई सौराहा ल्याएर विगत १५ महिनादेखि हुर्काउँदै आउनुभएका मोहद्रालाई दुई हप्ताअघि निकुञ्जभित्र बेवारिसे अवस्थामा भेटिएकी अञ्जलिलाई पनि स्याहार्ने थप जिम्मेवारी थपिएको छ । अञ्जलि पनि निकुञ्जमा बेवारिसे भेटिएकी गैँडाको केटाकेटी हो ।
“दलदलमा फसेर टाउको मात्रै देखिएको अवस्थामा भेटिएकी पुष्पालाई मैले नै उद्धार गरेर ल्याएर हुर्काएँ”, उनले भने, “पुष्पालाई हुर्काएको ज्ञानले अहिले मलाई अञ्जलि हुर्काउन सजिलो भएको छ ।” एघार दिनकी अञ्जलि निकुञ्जमा भेटिएकी हो । उनलाई निकुञ्जका कर्मचारीले बेवारिसे अवस्थामा भेटेपछि प्रकृति संरक्षण कोषको जिम्मा लगाएका हुन् ।
“यसरी भेटिने अनाथ गैँडाका केटाकेटीलाई हामी ठूलो नहुँदासम्म ल्याक्टोजिन खुवाएर हुर्काउने गर्दछौँ”, मोहद्राले भने, “अहिले पनि अञ्जलिलाई दुई/दुई घण्टाको फरकमा हामीले ल्याक्टोजिन खुवाउछौँ ।”
अविवाहित मोहद्रा विवाहपूर्व नै आफूले दुईवटा छोरी पाएको हँसिलो जवाफ दिन्छन् । “जङ्गलमा आमा गुमाएर बेवारिसे बनेका गैँडाका केटाकेटीलाई अहिले मैले नै हुर्काइरहेको छु । अहिले त ती केटाकेटी मेरै छोरी हुन् जस्तो माया लाग्न थालेको छ”, उनले भने ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण