यस्तो छ माओवादी बैठकको कार्यसूची
काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबारको स्थायी कमिटी बैठकमा विभिन्न ६ वटा कार्यसूची बनाएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा रिपोर्टिङ (केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष प्रचण्ड र विभिन्न जिम्मेवारीमा रहेका सदस्यबाट) विधान संशोधन, संगठनात्मक कार्यदलको कामबारे, आगामी केन्द्रीय समितिको बैठकबारे, वर्तमान सरकारको विरुद्ध नयाँ सरकार गठनबारे र विविध विषयमा कार्यसुची तय गरेको उनले बताए ।
बैठकमा कार्यसूचीमा केन्द्रीत रहेर छलफल भएको र आजको बैठकले ओली सरकारलाई हटाउन सबै दलसँग छलफललाई घनिभूत बनाउने, कोरोना नियन्त्रणमा सबै पार्टी पंक्ति परिचालित हुने र सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकोमा विरोध गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कार्यसूचीबारे छलफल जारी रहेको र भोलि १ बजेपछि बैठक बोलाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण