चिनियाँ राष्ट्रपति सी र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता
मङ्गलबार, ०७ वैशाख २०७८, २३ : ०५
एजेन्सी । चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ । चीनका राष्ट्रपति सी चिन पिङ र साउदी अरबका राजकुमार मोहमद बिन सालमानबीच भएको टेलिफोन वार्तामा उक्त सहमति भएको हो ।
चीनले साउदी अरबसँग मिलेर ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, उच्च प्रविधि आदि क्षेत्रहरूको सहयोग बनोट खडा गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई सबल पार्ने, चीन र साउदी अरबको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई थप बिस्तार गर्ने विश्वास लिएको चिनियाँ राष्ट्रपति सीले बताए ।
राजकुमार मोहमदले साउदी अरबले चीनसँग जलवायु परिवर्तनको सामना र वातावरणीय संरक्षण क्षेत्रमा रणनीतिक सहयोग बढाउने आशा लिएको कुरामा जोड दिनुभएको चिनियाँ राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण