चिनियाँ राष्ट्रपति सी र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता
मङ्गलबार, ०७ वैशाख २०७८, २३ : ०५
एजेन्सी । चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ । चीनका राष्ट्रपति सी चिन पिङ र साउदी अरबका राजकुमार मोहमद बिन सालमानबीच भएको टेलिफोन वार्तामा उक्त सहमति भएको हो ।
चीनले साउदी अरबसँग मिलेर ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, उच्च प्रविधि आदि क्षेत्रहरूको सहयोग बनोट खडा गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई सबल पार्ने, चीन र साउदी अरबको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई थप बिस्तार गर्ने विश्वास लिएको चिनियाँ राष्ट्रपति सीले बताए ।
राजकुमार मोहमदले साउदी अरबले चीनसँग जलवायु परिवर्तनको सामना र वातावरणीय संरक्षण क्षेत्रमा रणनीतिक सहयोग बढाउने आशा लिएको कुरामा जोड दिनुभएको चिनियाँ राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश
-
सुदूरपश्चिम सरकार विवादको आज पूर्ण इजलासमा सुनुवाइ हुँदै