ओली–नेपालबीच आज पनि भेटवार्ता
बिहीबार, ०९ वैशाख २०७८, १४ : ०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आज पनि भेटवार्तालाई निरन्तरता दिने भएका छन् । नक्सालको मेरियट होटलमा ओली र नेपालबीच भेटवार्ता हुन लागेको हो ।
उनीहरुबीच दिउँसो दुई बजे एक्लाएक्लै भेटवार्ता हुन लागेको नेता रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए । बुधबार साँझ अध्यक्ष ओली र नेता नेपालबीच दुई घण्टा भेटवार्ता भएपनि ठोस सहमति जुट्न सकेको थिएन ।
दुवै पक्षले अडान नछोड्दा बुधबारको वार्ता फलदायी बन्न नसकेको एमालेकै नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण