भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द
एजेन्सी । कोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्‍यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् ।
प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन् । यस्तै मोदीले शुक्रबार कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट्वीटमार्फत जानकारी दिएका छन् ।
उनी चुनावी प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम रहेको थियो ।
यसअघि निर्वाचन प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम विपक्षी नेता राहुल गान्धीले पनि रद्द गरेका थिए । कार्यक्रम रद्द गरेपछि निर्वाचन प्रचारप्रसारका लागि अन्य दलहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए । त्यसको लगत्तै सामान्य विरामी परेका राहुलको कोभिड–१९ परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको थियो ।
भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित थपिएका छन् भने दुई हजार १०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण