सेयर बजारमा पहिरो
आइतबार, १२ वैशाख २०७८, १६ : १५
काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो । ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ ।
२१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ । खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँसहित निफ्रा (नेपाल पूर्वाधार बैंक) सबैभन्दा अघि छ । दोस्रोमा ज्योति लाइफ इन्सुरेन्स र तेस्रोमा अपर तामाकोशी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण