बारको राष्ट्रिय सम्मेलन स्थगन
आइतबार, १२ वैशाख २०७८, २२ : ५५
काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी जेठ १४, १५ र १६ गते पोखरामा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण स्थगित गर्ने निर्णय गरेको छ । बारको शुक्रबार बसेको बैठकले कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण अर्को सूचना नआएसम्मलाई स्थगित गर्ने निर्णय गरेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
बारमा प्रत्येक नयाँ कार्यसमितिले कानून व्यवसायीको राष्ट्रिय सम्मेलन गरी कानून क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी कार्यदिशा तय गर्ने गर्दछ । वर्तमान कार्यसमितिले आएपछि कोरोनाका जोखिमका कारण राष्ट्रिय सम्मेलन गर्न पाएको थिएन । आगामी जेठमा राष्ट्रिय सम्मेलन तय भएको भए पनि कोभिडका कारण तत्कालका लागि स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण