एकतामा जोड दिँदै माधव नेपालले सम्झिए मनमोहन
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट सामान्य किसान र गरिब परिवारले राहत महसुस गर्न नसकेको बताएका छन् । एमालेका दिवंगत नेता मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गर्दै वरिष्ठ नेता नेपालले वर्तमान कम्युनिष्ट सरकारबाट किसान र गरिव जनताले राहत महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको बताएका छन् ।
स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता नेपालले भनेका छन्, ‘अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरुलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव खड्किरहेको छ ।’
नेता नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आह्वान समेत गरेका छन् । नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । उनले २०५१ सालमा ९ महिने सरकारको नेतृत्व समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस
-
हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली
-
भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा
-
बाल मन्दिर जग्गा प्रकरण: ठगी कसुरमा मुद्दा, ६० करोड ३९ लाख बिगो माग