सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘गर्मी भयो धरान’मा पल र साहाराको रोमान्स

सोमबार, १३ वैशाख २०७८, ११ : ३२
सोमबार, १३ वैशाख २०७८


गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ बोलको भिडियो सार्वजनिक भएको छ । सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको गीतमा दिनेश बान्तवाको संगीत रहेको छ । 
गीतको भिडियोमा पल शाह, साहारा राई र सशी राई लोहोरुङको मुख्य भुमिका रहेको छ । भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियो जनकदिप पराजुलीले निर्देशन गरेका हुन् ।
सागर प्रधानको छायाँकन र धुर्बराज पराजुलीको सम्पादन रहेको भिडियोमा मनिता राईको कोरियोग्राफी छ ।

गीतको शब्दले मागे अनुसार नै गीतको लोकेसन धरानमा खिचिएको र गीतले मागे अनुसारको कन्सेप्टमा भिडियो निर्माण गरिएकोले भिडियो उत्कृष्ट बनेको निर्देशक जनकदिप पराजुलीले बताए। केहि बर्ष अघि म्युजिक भिडियोमा ख्याति कमाएका निर्देशक पराजुलीले पछिल्लो समय थोरै म्युजिक भिडियो गर्ने गरेका छन्। बिज्ञापन तथा अन्य बिदेशी प्रोजेक्टहरुमा ब्यस्त रहने निर्देशक पराजुलीको निर्देशनमा बनेको यो भिडियो उत्कृस्ट बनेको छ।

निर्देशक समाजका महासचिव समेत रहेका पराजुलीले अभिनेता पल शाहलाइ अन्य भिडियोमा देखि रहेको भन्दा फरक रुपमा प्रस्तुत गरेका छन्।  भिडियोको  केहि दिन अघि सार्वजनिक टिजरलाई दर्शकले रुचाए त्यसले भिडियोलाई पनि दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम बिस्वस्त छ। यो भिडियो दर्शक श्रोताको प्रतिक्षामा रहेको थियो। यसै गीत छायाँकन गर्दा धरानमा निर्देशक समाजका सचिव समेत रहेका प्रदेश नम्बर १ चलचित्रकर्मी संघका अध्यक्ष अरुण प्रधान र पल शाह कन्ट्रोभर्सिमा समेत आएका थिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप