बालाजु बाइसधारा मेला लागेन
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरू आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले बताएको छ । उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगन गरिएको बताए ।
गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण मेला लाग्न सकेको थिएन । आज केही भक्तजनहरू पूजाआजाका लागि बाइसधारा पुगेको भएपनि उद्यानमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको लामाले बताउनुभयो । बाइसधारामा सर्वसाधारणलाई प्रवेश रोक लगाइएपछि दर्शनार्थीहरू उद्यान बाहिरैबाट पूजाआजा गरिरहेका छन् ।
आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रहेको छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको सेतो पाटीमा राखी हवन तथा राँगाको बली दिने प्रचलन पनि रहेको छ । यस्तै आज बिहानै नागार्जुन वनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्केर बाइसधारा स्नान गर्ने परम्परा पनि छ । यसरी बाइसधारामा नुहाइसकेपछि मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण