बालाजु बाइसधारा मेला लागेन

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरू आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले बताएको छ । उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगन गरिएको बताए ।
गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण मेला लाग्न सकेको थिएन । आज केही भक्तजनहरू पूजाआजाका लागि बाइसधारा पुगेको भएपनि उद्यानमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको लामाले बताउनुभयो । बाइसधारामा सर्वसाधारणलाई प्रवेश रोक लगाइएपछि दर्शनार्थीहरू उद्यान बाहिरैबाट पूजाआजा गरिरहेका छन् ।
आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रहेको छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको सेतो पाटीमा राखी हवन तथा राँगाको बली दिने प्रचलन पनि रहेको छ । यस्तै आज बिहानै नागार्जुन वनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्केर बाइसधारा स्नान गर्ने परम्परा पनि छ । यसरी बाइसधारामा नुहाइसकेपछि मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
‘दातृ संस्थाले सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नका लागि मात्रै लैजान्छन्’
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत