आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारलाई विवेकशील साझाले दियो पाँच सुझाव

मङ्गलबार, १४ वैशाख २०७८, २० : ३३
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । विवेकशील साझा पार्टीले लकडाउनमा आफ्नो दायित्व नभुल्न आग्रह गर्दै सरकारलाई ५ सुझाव दिएको छ । सो पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई ५ बुँदे सुझाव दिएका हुन् ।

जारी विज्ञप्तिमार्फत कोरोना परीक्षणलाई व्यापक बनाई कन्ट्याक ट्रेसिङमा जोड दिनुपर्ने, क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन गनुपर्ने, कोभिड १९ विरुद्धको खोप केन्द्रहरुमा देखिएको भद्रगोल पूर्ण व्यवस्थापन सुधार गरी भीडभाड नियन्त्रण गनुपर्ने लगायतका सुझावहरु दिइएको छ ।

यस्ता छन्  ५ बुँदे सुझाव- 

१) सङ्क्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामा नै केही अस्पतालमा अक्सिजन र आइसियु शय्यासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेकाले हर सम्भव उपाय लगाएर तत्काल समस्या समाधान। अस्पतालहरूमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता।

२) कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्याक्ट ट्रेसिङमा जोड।

३) क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन।

४) दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख।

५) कोभिड १९ विरुद्धको खोप केन्द्रहरूमा देखिएको भद्रगोल पूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप