पत्रपत्रिका
नेपाल प्रवेश गर्न विदेशी नागरिकले पालना गर्नुपर्ने ३ सर्त
बुधबार, १५ वैशाख २०७८, ०७ : ०६
सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ ।
कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने गरी भारत र चीनतर्फका नाकाबाट विदेशीलाई प्रवेशका लागि ७२ घण्टाभित्र गरिएको नेगेटिभ पीसीआर रिपोर्ट, क्वारेन्टाइनमा बस्न १० दिनका लागि होटल बुक गरेको प्रमाण र त्यसका आधारमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने आदेश जारी गरेको हो ।
भारतीय सीमा नाकाका ८ वटा र उपत्यका प्रवेश गर्ने नाकामा प्रत्येकमा १ हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दिइएको छ । त्यसका लागि चाहिने बजेट अर्थ मन्त्रालयले निकासा दिने निर्णय भएको हो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण