निषेधाज्ञाको पूर्व सन्ध्यामा नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कोभिड–१९ को दोस्रो लहर कोरोना भाइरसको तीब्र संक्रमणका बीच सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा गरिरहँदा यता निषेधाज्ञाको अघिल्लो दिन नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घट्न पुगेको हो ।
बुधबार नेप्से १३.७९ अंकले घटेर २ हजार ५ सय ८५ अंकमा झरेको छ । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव १६ अंकले घटेर ४ सय ६५ दशमलव १२ अंकमा कायम भएको छ । बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । गत आइतबारदेखि लगातार घट्दो क्रममा रहेको नेप्से कारोबार बुधबार ३ अर्ब ९९ करोडमा सिमित भएको छ । जबकी गत आइतबार करिब ७ अर्बको कारोबार भएको थियो । तुलनात्मक गत आइतबारदेखि बुधबारसम्म आइपुग्दा नेप्से कारोबारमा झण्डै ५० प्रतिशतकै गिरावट आएको छ ।
बुधबार सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा महिला लघुवित्त र विशाल बजार कम्पनी रहेको छ भने सबैभन्दा बढी गुमाउनेमा पोखरा फाइनान्स लिमिटेड र प्रोग्रेसिप फाइनान्स लिमिटेड रहेका छन् । महिला लघुवित्त र विशाल बजारका लगानीकर्ताहरूले समान ९.९९ प्रतिशत कमाउँदा पोखरा फाइनान्स र प्रोग्रेसिप फाइनान्सका लगानीकर्ताहरुले क्रमशः ६.१५ प्रतिशत र ४.४९ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण