भरत सिग्देलको स्वदेश गान ‘मुटुभित्र सीमा दुख्छ’ सार्वजनिक (भिडियो)
गीतकार भरत सिग्देलको स्वदेश गान ‘मुटु भित्र सीमा दुख्छ’ सार्वजनिक गरिएको छ । विकास चौधरीको संगीत रहेको गीतमा विकास लिम्बुले स्वर दिएका छन् ।
गीतमा भरतले देश र भेषभुषाप्रति अगाध प्रेम दर्साएका छन् । गीतमा उनले देशको सान लुम्बिनी र सगरमाथा मात्र समेटेका छैनन् चन्द्र सूर्य अंकित हाम्रो राष्ट्रिय झण्डासँग वीरताको गाथा रहेको समेत स्मरण गराएका छन् ।
सुन, चाँदी, हिरामोती भन्दा नेपाल आमा बहुमूल्य रत्न भएको गीतकारले गीतमार्फत व्यक्त गरेका छन् ।
सोही गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा विभिन्न कलाकारको साथमा देशका विविध भूगोल झल्कने दृश्यहरु प्रयोग भएका छन् ।
लय संग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भीमलाल तामाङ, रश्मी भट्ट, सुचित्रा श्रेष्ठ, सुवास मेचे, समर बहादुर आले मगर, दीपकराज खतिवडा, सोमबहादर तामाङ, शान्ति सिग्देल, अस्मिता सिग्देल लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।
खेम थापा मगरको छायाँकन, वीरबहादुर थारुको सम्पादन रहेको भिडियोमा उषा मलाहा सिमरनको निर्देशन रहेको छ । भिडियोका निर्माता नारद आचार्य, सुदामा केशव बैरागी माइलो रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण