हैदरावादको पाँचौं हार, चेन्नई शीर्ष स्थानमा
बुधबार, १५ वैशाख २०७८, २३ : २३
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । हैदरावादका कप्तान डेविड वार्नरले टस जितेर ब्याटिङ रोजेका थिए । पहिला ब्याटिङ गर्दै हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो ।
तर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७५ र फाफ डुप्लेसिसले ५६ रन बनाए ।
जारी सिजनमा हैदरावादको यो पाँचौं पराजय हो । ६ वटा खेल खेलिसकेको उसले जम्मा एक जितमात्र हासिल गरेको छ । प्रतियोगितामा सामेल ८ टिममध्ये हैदरावाद पुछारमा छ । चेन्नईले भने ६ वटा खेल खेलिसक्दा पाँचौं जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण