हैदरावादको पाँचौं हार, चेन्नई शीर्ष स्थानमा
बुधबार, १५ वैशाख २०७८, २३ : २३
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । हैदरावादका कप्तान डेविड वार्नरले टस जितेर ब्याटिङ रोजेका थिए । पहिला ब्याटिङ गर्दै हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो ।
तर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७५ र फाफ डुप्लेसिसले ५६ रन बनाए ।
जारी सिजनमा हैदरावादको यो पाँचौं पराजय हो । ६ वटा खेल खेलिसकेको उसले जम्मा एक जितमात्र हासिल गरेको छ । प्रतियोगितामा सामेल ८ टिममध्ये हैदरावाद पुछारमा छ । चेन्नईले भने ६ वटा खेल खेलिसक्दा पाँचौं जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे
-
कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो
-
कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल
-
पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’
-
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
-
चुनौतीका चाङमाथि यामलाल कँडेलको सत्ता यात्रा