अर्घाखाँचीको जङ्गलमा एक पुरूष मृत फेला
बिहीबार, १६ वैशाख २०७८, १७ : ४७
बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । शितगंगा नगरपालिका १३ देउरालीको जङ्गलमा सोही नगरपालिका ४ का ६१ वर्षीय दुर्गा बहादुर विक मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घरबाट हराएको एक महिनापछि विक जङ्गलमा मृत फेला परेका हुन् ।
विकको शव गोठालाले देखेपछि इलाका प्रहरी कार्यालय ठाडामा खबर गरेका थिए । सबलाई पोष्टमार्टमका लागि सदरमुकाम सन्धिखर्क जिल्ला अस्पताल पठाइएको छ । शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । पाँच वर्षअघि भारतबाट आएका उनी भान्जा इन्द्रबहादुर विकको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण