खाद्य कम्पनीद्वारा खाद्यान्नको निःशुल्क होम डेलिभरी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो ।
बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, खानेतेल, स्यानिटाइजर लगायत वस्तुको निःशुल्क डेलिभरी शुरू गरिएको जानकारी दिएको छ । त्यसका लागि कम्पनीले आफ्नो अनलाइन पोर्टल डब्ल्यूडब्ल्यूडब्ल्यू डट नेपालफूड डट जीओभी डट एनपी मार्फत चक्रपथ भित्र र डब्ल्यूडब्ल्यूडब्ल्यू डट सस्टोडिल डट कम मार्फत उपत्यकाका तीनवटै जिल्लाका उपभोक्ताको घरदैलोसम्म खाद्य सामग्री पुर्याउन थालिएको बताएको छ ।
कम्पनीसँग पर्याप्त मात्रामा मौज्दात रहेकाले अभाव हुने त्रासले अनावश्यक रूपमा खाद्यान्न सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरिएको छ । कम्पनीले बिहान र बेलुकाको समयमा कम्पनीका विक्री केन्द्रहरू नक्खु, रामशाहपथ, थापाथली र सूर्यविनायकबाट समेत खाद्य सामग्री विक्री गरिरहेको छ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण