बेडको प्रतीक्षामा बसेका संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इमर्जेन्सी वार्डमा अक्सिजन दिएर राखिएको थियो ।
गत हप्ता देवदह नगरपालिकाका एक जना वडाअध्यक्षकी श्रीमतीको पनि बेड नपाएरै फिभर क्लिनिकमा ज्यान गएको थियो । भैरहवाको भीम अस्पताल र प्रादेशिक अस्पताल दुवैमा कोरोना विशेष बेड प्याक भएको जनाइएको छ ।
उता गुल्मीमा जिल्ला अस्पतालमा जम्मा ५ बेड मात्रै रहेको जनाइएको छ । बिहीबार साँझसम्म १६५ जना संक्रमित थपिएका छन् । केही प्रादेशिक अस्पताल र अरु सबै होम आइसोलेशनमा रहेको स्वास्थ कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण