शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाँके जिल्ला अस्पतालमा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द

शुक्रबार, १७ वैशाख २०७८, १६ : २१
शुक्रबार, १७ वैशाख २०७८

बाँके । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ ।  जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपिडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । 

आकस्मिक कक्षसमेत कोरोना सङ्क्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ । पचास शैय्याको सो अस्पतालमा उपचारका लागि आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुधबारदेखि बिरामी भर्नामा रोक लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय उपाध्यायले बताए । उनका अनुसार गर्भवती, रगत अभाव भएका र आकस्मिक बाहेकका बिरामीको भर्नामा रोक लगाएको छ ।  

ओपिडी सेवा पनि अस्पतालको मूल गेटमा दिन थालिएको छ । चिकित्सकले टाढैबाट ज्वरो मापन गरी बिरामीको उपचार गरिराखेका छन् । अस्पतालको ओपिडी सेवा लिनका लागि दैनिक करिब तीन सय बिरामी आउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप