बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा थप २९१ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, १७ वैशाख २०७८, १७ : ३४
शुक्रबार, १७ वैशाख २०७८

विराटनगर । प्रदेश १ मा  आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर २९१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको  जनाएको छ । 

मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२० जनामा संक्रमण देखिएको छ । लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२,  मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१ जना छन् । यस्तै, सुनसरीको धरानमा २० जनामा संक्रमण पुष्टि भएको छ भने इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१ जनामा पुष्टि भएको छ ।

यसैगरि, झापाको बिर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र  स्थानीय तह नखुलेका १–१ जना छन् । 

ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २,  तेह्रथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ ।  ८७४ जनाको पीसीआर परीक्षण गरिएकामध्ये १०६ महिला र १८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप