शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् रियलमीका उत्कृष्ट ५ स्मार्ट फोन

शुक्रबार, १७ वैशाख २०७८, १९ : ३२
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । स्मार्ट फोन क्षेत्रमा लोकप्रिय रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ । 

नम्बर सिरिज देखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेबलका स्मार्ट फोन देखि मिड रेंज उपकरणहरुको उत्पादन कम्पनीले गर्दै आएको छ । रियलमीले उत्कृष्ट ब्याट्री प्रविधि, प्रोसेसिङ पावर, नवीनतम् क्यामेरा, डिस्प्ले सहितलाई प्राथमिकता दिने गरेको बताउँदै आइरहेको छ ।

‘उन्नति देखि चुनौती सम्म’ को मूल एजेण्डा सहित मोबाइल फोनको क्षेत्रमा बलियो उपस्थिति देखाइरहेको रियलमीले नयाँ मोबाइल किन्न चाहने ग्राहकका लागि आफ्ना ५ वटा उत्पादनबारे बताएको छ ।

रियलमी, सातौ सिरिज (रियलमी सेभेन/सेभेन आई)
रियलमी सेभेन र सेभेन आई दुबै स्मार्टफोन बजारमा रुचाइएका मध्ये पर्दछन् । यस फोनामा उपलब्ध फिचर सबैभन्दा रुचाइएको कम्पनीको दावी छ । रियलमीका यो फोन ८ जीबी ¥याम, १२८ जीबी फोन मेमोरी र पर्याप्त ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन् । यसैगरी, यसमा तीव्र चार्जिङ प्रविधि पनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सम्भव छ । 

क्यामेरा अर्को पक्ष हो जसले यस सिरिजको शृङ्खलामा रियलमीलाई उत्कृष्ट बनाएको छ । यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ सर्वश्रेष्ठ तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेको स्टेरी मोडले रातिको समयमा ताराहरुले भरिएको आकासको सुन्दर तस्वीर निकाल्न सक्छ । रियलमी सेभेनको मूल्य ३५ हजार ९ सय ९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९ सय ९० रहेको छ । 

रियलमी सी सिरिज (सी ११, सी १२, सी १५)
नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियो जी ३५ चिसपेटद्वारा सञ्चालित छन् । अनलाइन कक्षादेखि अनलाइन गेम प्रयोजनका लागि यी मोबाइल फोन उत्कृष्ट मानिएको कम्पनीको दावी छ । रियलमीका तीन सिरिज ६.५ इन्च मिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध छन् ।

५ हजार एमएचको ठूलो ब्याट्रीका साथ रियलमी सी ११, ६ हजार एमएच् ब्याट्रीका साथ सी ११ र तीव्र चार्जिङ क्षमताका साथ ६ हजार एमएच् ब्याट्रीकै साथ सी १५ सिरिजका फोन उपलब्ध छन् । सी ११ माएआई डुवल क्यामेरा, सी १२ माएआई लेन्स सेटअफ सहितको त्रिपल क्यामेरा र सी १५ माएआई असीमित आनन्दका साथ चार वटा एआई क्यामेरा राखिएको छ । 

तीनवटै फोन एआई फ्रन्ट क्यामेरा, डवल सीम कार्ड र मेमोरी कार्डका लागि ट्रिपल कार्ड स्लट, वाटर प्रुफ तथा ज्यामेट्रिय ग्रेडियन्ट डिजाइनमा निर्माण गरिएका छन् । रियलमी सी १२ र सी १५ फिङ्गर प्रिन्ट सेन्सरका साथ उपलब्ध रहेकोमा सी ११ फेस अनलक सहित उपलब्ध छन् । 

२ जीबी र्याम र ३२ जीबी स्टोरेज सहित सी ११फोन १४ हजार ९९० मा, ३ जीबी र्यामर ३२ जीबी स्टोरेज सहित सी १२ फोन १६ हजार ९९० र ४ जीबी र्याम र ६४ जीबी स्टोरेज सहित सी १५ फोन १८ हजार ५९० मा उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप