फिर्केखोला संरक्षणमा चासो
सारांश
- फिर्केखोला संरक्षण र सौन्दर्यीकरण गर्न महाअभियानले माग गरेको छ।
- खोलाघरका संरचना हटाएर करिडोर निर्माण गर्नुपर्ने जोड दिइएको छ।
- अतिक्रमण, प्रदूषण र अव्यवस्थाले खोलाको अस्तित्वमा चुनौती थपिएको ठहर छ।
गण्डकी । पोखरा महानगरपालिकाका–१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले माग गरेको छ ।
पोखरामा आइतबार पत्रकार सम्मेलन गरी महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदल मार्ग र साइकल लेनसहितको फिर्केखोला करिडोर निर्माण गर्नुपर्नेमा जोड दिएको हो । महानगरपालिकाले फिर्केखोला खोलाघरका अतिक्रमित संरचना हटाउने कार्य स्थगन गरेकामा महाअभियानले ध्यानाकर्षण भएको जनाएको छ ।
महाअभियानका संयोजक रामबहादुर पौडेलले फिर्केखोलामा अतिक्रमण हटाउन महानगरपालिकाले लिएको पहल सकारात्मक भए पनि कतिपय संरचना अझै नहट्नुमा महानगरपालिका र सम्बन्धित वडाको कमजोरी रहेको बताए । बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापरबाहीले फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ । जैविक विविधता र पर्यावरणीय सन्तुलनका लागि फिर्केखोलालाई प्राकृतिक रूपमै बहन दिनुपर्नेमा जोड दिइएको छ ।
पोखरा–१८ अँधेरीकुनाबाट वडा नं. २, ४, ५, ८, ७, १७ र ६ हुँदै फिर्केखोला फेवातालमा मिसिन्छ । महाअभियानले वडा नं. ४, ५, ८ र ७ स्थित फिर्केखोला खोलाघरमा विभिन्न संरचना हटाउन बाँकी रहेकाले तिनलाई पूर्ण रूपमा हटाउन महानगरपालिकासँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण