संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार...
दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।
कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।
प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्डी कोरोना विशेष अस्पताल ‘हाउस फूल’ भए पनि उपचारको अर्को व्यवस्था भने जिल्लामा हुन सकेको छैन। यही अस्पताल पनि पूर्णत सञ्चालन हुन सकेको छैन। पटकपटक क्षमता बढाउने निर्णय भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा नागरिकको उपचारमा लापरवाही देखिएको हो। अहिले अस्पताल ४२ शैय्यामा चलिरहेको छ।
अस्पताल कोरोना संक्रमित बिरामीले भरिँदा अस्पातलमा बेड अभाव भएको अस्पतालका व्यवस्थापक ओलीले जानकारी दिए।
२५ बेड बट सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ४२ बेडसम्म पुर‍्याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको उनको भनाइ छ।
‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु’, उनले भने, ‘यो समस्या पटकपटक माथिल्लो निकायलाई जानकारी गराउँदा समेत सुनुवाइ भएको छैन।’
अहिलेको अवस्थामा अक्सिजन बिना उपचार सम्भव नभएको र भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भएको व्यवस्थापक ओलीले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण