भारतमा फैलिएको नयाँ कोरोनाको लहर डरलाग्दो हिसाबले फरक
यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले भारतमा दोस्रो लहर ल्याउन जिम्मेवार भाइरस फरक छ भन्ने आशंकालाई पुष्टि ग¥यो। प्रतिरक्षा प्रणालीलाई समेत छक्याइरहेको भाइरसको यही प्रजातिले भारतमा महामारी तीव्र बनाएको चिकित्सकको तर्क रह्यो। तर हालसम्म देखिएका प्रमाण निर्णायक छैनन् र अनुसन्धानकर्ताले अन्य कारण पनि यो महामारीका लागि जिम्मेवार हुन सक्ने बताएका छन्। महामारीले नयाँ दिल्लीको स्वास्थ्यसेवा प्रणाली तहसनहस पारेको छ भने शवदाहगृहमा लगातार चाप बढ्दो छ। यसो हुँदाहुँदै पनि यही भेरियन्टले महामारी नियन्त्रणलाई जटिल बनाइदिएको छ।
‘कोभिड–१९ को यो लहरमा भाइरसको फरक क्लिनिकल व्यवहार देखिएको छ,’ सर गंगाराम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। संजय साद भन्छन्। उक्त अस्पतालमा कार्यरत २ जना संक्रमित चिकित्सकलाई निको पार्न अतिरिक्त अक्सिजन दिनुपरेको थियो। ‘पछिल्लो महामारीले युवालाई असर गरेको छ, पूरै परिवारलाई असर गरेको छ। यो समग्रमा नौलो कुरा हो। यहाँसम्म कि २ महिनाका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ डा। साद भन्छन्।
भारतमा महामारी झन् उग्र हुँदैछ। बिहीबारमात्रै ३६ सयको मृत्यु भएको छ। भारतमा कुल मृतकको संख्या २ लाख नाघेको छ। विज्ञले मृतकको संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन्। भारतमा दैनिक संक्रमण ३ लाख ८० हजार नाघेको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण