सोनाले ल्याइन् ‘सोच बेलैमा’
शनिबार, १८ वैशाख २०७८, १० : ५७
काठमाडौँ । गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक भएको छ । गीतमा सोनालाई गायक विवेक सिंह ठकुरीले साथ दिएका छन् ।
संगीत प्रशिक्षक शशि विक्रम थापाको शब्द तथा संगीत रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ ।
भिडियोमा गायक गायिका सोना र विवेकको अलवा गरिमा शर्मा, गोविन्द सिंह विष्टको अभिनय देख्न सकिन्छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाको यो गीत ‘मेरो माया’ एल्बममा समावेश गरिएको छ ।
उनले आउँदो दिनमा यस्ता गीतहरुलाई सार्वजनिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । गम्भिर विस्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, सुरेन बसेलको कोरियोग्राफी रहेको छ । सानै देखि गीतसंगीतमा रुचि भएकी सोनाको यस अगाडि ‘मेरो मायाकरोडमा’ बोलको गीत चर्चामा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण