निषेधाज्ञाको तेस्रो दिनः सुनसान बन्यो बुटवल (तस्बिरहरु)
कोभिड–१९ संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न बिहीबारदेखि १५ दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको प्रभाव बुटवलमा परेको छ । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा आज तेस्रो दिन सडक सुनसान देखिएका छन् ।
मानिसहरूको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिति छ । ईरिक्सा, रिक्सा र सामान्य हिँडडुलसमेत ठाउँ ठाउमा रोकिएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीका प्रयासका बाबजुद बुटवलका भित्रि सडकमा भने केही ईरिक्सा तथा रिक्साहरू यात्रु बोकेर हुँइकिरहेका छन् । ती बाहेक दुध, तरकारी तथा औषधी पसलहरू सञ्चालन भइरहेका छन् । परिचय पत्र बोकेका अत्यवश्यक कामदारलाई भने आवतजावतमा नरोकिएको प्रहरीले जनाएको छ ।
गत चैत ११ गतेदेखि रुपन्देही लगायत देशैभर पहिलोपटक ‘लकडाउन’ गरिएको थियो । दोस्रो पटक संक्रमण बढ्दै गएपछि रुपन्देहीमा जिल्ला प्रशासनले बैशाख ३० गते विहान ६ बजेसम्मका लागि फेरि निषेधाज्ञा जारी गरेको छ । यसअघि कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले निर्णय गर्दै पाँच सयभन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लाहरूमा प्रशासन आफैले निषेधाज्ञा जारी गर्न सक्ने बताएको थियो ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण