शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

आइतबार, १९ वैशाख २०७८, ०९ : ५४
आइतबार, १९ वैशाख २०७८

पाल्पामा गएराति चट्याङले लागेर  एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

पाल्पा तिनाउँ गा.पा. १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्दा सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको मृत्यु भएको छ । 

उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै, सोही स्थानकी १५  बर्षकी इन्दिरा उचई र पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ घर भई हाल तिनाउँ  गाउँपालिका  १ बर्ष १९ को रामु गाहा पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको  अवस्था सामान्य  रहेको छ ।

***समाचारमा इन्दिरा उचई घाइते भइएकामा अन्यथा हुन गएकोमा सच्याइएको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप