जसपाका नयाँ मन्त्री भन्छन्, ‘हाम्रै सल्लाहमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपालको सल्लाहमा नै राजीनामा दिएको सो पार्टीबाट मन्त्री बनेकाहरूले दाबी गरेका छन् । मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भएपछि जसपा नेपालका चारजना सांसद प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले सरकारको समर्थन गर्दै मन्त्रिमण्डलमा सहभागी भएका थिए । चारजनाले समर्थन गरेपछि मुख्यमन्त्री पोखरेल आफ्नो सरकार सुरक्षित हुनेमा ढुक्क थिए । तर, बिहीवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदलाई कारवाही गरेपछि मुख्यमन्त्री पोखरेल राजीनामा दिने निर्णयमा पुगेको उनीहरुको भनाइ छ ।
राजीनामा दिने मनस्थितिमा पुगेपछि मुख्यमन्त्री पोखरेलले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षसँग छलफल गरेको कारवाहीमा परेका प्रदेशसभा सदस्य सन्तोष पाण्डले बताए । उनले भने, ‘मुख्यमन्त्रीज्युले हामीसँग सल्लाह गरेर नै राजीनामा दिनुभएको हो ।’ जसपा नेपालका केही नेता (उपेन्द्र यादव पक्ष) हरुले पार्टीमा मनमोजी गरेको कारणले आफूहरुले नै सल्लाह दिएर राजीनामा दिन लगाएको र अर्को सरकार बनाउन आग्रह गरेको उनले बताए ।
यद्यपि, प्रदेशसभा सदस्य विमला वली माओवादीमा प्रवेश गर्ने भएपछि लुम्बिनीको अंक गणितमा फेरबदल भएको छ ।
यता, प्रदेशसभा सदस्य र पार्टीको सदस्यबाट कारवाहीमा परेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सर्वोच्च अदालतमा पुगेका छन् । आज नै उनीहरुले रिट दर्ता गराउने छन् । रिटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेता, लुम्बिनी प्रदेशका सभामुख, लुम्बिनी प्रदेशसभाका सचिवालयका सचिवलाई प्रतिपक्षी बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

