सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर छली गरेर ल्याइएको २५ बोरा सुर्तीसहित गाडी नियन्त्रणमा

आइतबार, १९ वैशाख २०७८, १८ : ३६
आइतबार, १९ वैशाख २०७८

सुर्खेत । राजश्व छलेर ल्याइएको अखाद्य वस्तुसहितको गाडी सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको समयमा पनि राजश्व छलेर वीरेन्द्रनगर ल्याइएको अखाद्य वस्तुसहित मार्सल जनरल स्टोर (वीरेन्द्रनगर) को गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।  सो स्टोरको नाममा रहेको कर्णाली प्रदेश ० २००१ क ०१२१ नम्बरको गाडी केही समय अघि  प्रहरीले कब्जामा लिएको हो । गाडीमा २५ बोरा कर छली गरेर ल्याइएको सुर्ती रहेको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीले  अवैध सामाग्री आएको सूचनाका आधारमा चेकजाँच गर्दा उक्त वस्तु फेला परेको बताए ।  बाहिर चाउचाउ लगायतका खाद्य वस्तुले छोपिएको थियो’ उनले भने, ‘गाडी भित्र गोल्डेन कम्पनीको कर छली गरी ल्याइएको ५ लाख बराबरको सुर्ती फेला परेको छ ।’  नियन्त्रणमा लिइएको सूर्ती आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यलय सुर्खेतमा पठाइएको उनले बताए ।   यस्तै गाडीका चालक अशोक शाहीलाई  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको घर्तीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप