मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
मतगणना

इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?

सोमबार, १७ वैशाख २०८१, ०० : २४
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । निर्वाचन आयोगले शनिबार सम्पन्न निर्वाचनको मतगणनामा रातिपनि जारी राखेको छ।  आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनाअनुसार इलाम २ मा कुल ११ हजार ८९१ सदर मत गनिएको छ । 

जसअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार २७ मत पाएका छन् । यस्तै कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार ७५९ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले १ हजार ८१५ मत पाएका छन् । 
यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बु भने ७६० मत पाएका छन् । 

यसैगरी बझाङ प्रदेशसभा १ मा मध्यरातसम्मको मतपरिणामअनुसार १२ हजार ४८३ सदर मत गनिएको छ । जसअनुसार एमालेका दमन भण्डारलिे अग्रता बनाइरहेका छन् भने कांग्रेसका अभिषेक सिंहले पछ्याइरहेका छन् । 

मतपरिणाम विस्तृतमाः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप