मतगणना अपडेट
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
सोमबार, १७ वैशाख २०८१, ०० : ०८
बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा नेकपा एमालेका उम्मेदवार अग्रता कायमै छ ।
एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ४४६४ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ४१०६ मत ल्याउँदै पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २२२५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १४७१ मत ल्याएका छन् ।